2 Corinthians 7:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण प्‍यारा साथी हो, हामीले यी प्रतिज्ञा पाएकोले शरीर र आत्‍मालाई बिटुल्‍याउने सबै किसिमका कुराहरूबाट हामीहरू टाढै बसौं अनि परमेश्‍वरको डर मानेर पूरासँग पवित्र हुँदै जाऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्‍माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्‍वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ।
Nepali ERV (पवित्र बाइबल)
प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किन कि हामी परमेश्वरलाई आदर गर्छौं।
Nepali Tamang 2011
थेतबासेलमा ङाला सेम निबा ह्रोगदे, परमेश्‍वरसे य्‍हाङदेन छ्‌याम थे कबुलगदे लबासे लमा य्‍हाङसे य्‍हाङला ल्‍हुइदेन आत्‍मादा आज्‍यबा तना लबा जम्‍मान नइबा स्‍हेगदेदा भ्‍याङ्‍सी चोखो म्‍हि दोगे। ओच्‍छे परमेश्‍वरदा मान लसी तिगै दोष आरेबा म्‍हि दोसी भ्रइ।