2 Corinthians 7:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरलाई सम्‍झेर शोक गर्‍यौं भने यसले हामीमा पश्‍चात्ताप ल्‍याउँछ र हामीलाई मुक्तितिर लैजान्‍छ। तर सांसारिक रूपले मात्र हाम्रो मन दुख्‍छ भने यसले हामीलाई मृत्‍युतिर लैजान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने ईश्‍वरीय शोकले मुक्तिको निम्‍ति पश्‍चात्ताप उत्‍पन्‍न गर्छ, र त्‍यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्‍यु उत्‍पन्‍न गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ईश्‍वरीय दुःखले पश्‍चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्‍याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्‍न गराउँछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरदा ढन्‍सी लबा सुर्दा चा परमेश्‍वरदा सेम निबा सुर्दा हिन्‍ना। चुनोन सुर्दासे थार्बा याङ्बाला लागिरी म्‍हिदा ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःपुङ्ला। ओच्‍छे थे तामसे सेमरी तिगै दुख आत। तर जम्‍बुलिङला सुर्दासे चा म्‍हिदा सिना लला।