2 Corinthians 7:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई परेको दु:खबाट परमेश्‍वरले के गर्नुभयो, याद गर, यो दु:खले तिमीहरूलाई साँचो बनायो, कसुर छैन भनी देखाउन हतार गरायो, तिमीहरूलाई कस्‍तो झोक चलायो, कत्रो चिन्‍ता, कस्‍तो विचार, कस्‍तो भक्ति पैदा गर्‍यो। तिमीहरूमा पाप गर्नेलाई दण्‍ड दिने मन पनि भयो। यी सबैबाट तिमीहरूमा दोष छैन भन्‍ने कुरा थाहा हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कस्‍तो उत्‍साह उत्‍पन्‍न गराएको छ— आफैलाई निर्दोष तुल्‍याउन तिमीहरूमा कस्‍तो उत्‍सुकता छ, कस्‍तो क्रोध, कस्‍तो भय, कस्‍तो तृष्‍णा, कस्‍तो जोश, न्‍याय होस्‌ भन्‍ने कस्‍तो इच्‍छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, यो ईश्‍वरीय दुःखले तिमीहरूमा के उत्पन्‍न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्न पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।
Nepali Tamang 2011
तिग्‍दा भिसम च्‍यागो, परमेश्‍वरग्‍याम खबा सुर्दासे एनीगदेदा गाते आँट पिन्‍बा मुला। थे सुर्दासे एनीगदेदा ह्राङ तिगै दोष आरेबादेन ज्‍यबा म्‍हि हिन्‍ना भिसी उन्‍बारी आँट पिन्‍बा मुला। थे सुर्दासे एनीगदेला गुङरी पाप लबा म्‍हिगदे म्राङ्सी बोमो खना लबा मुला। ओच्‍छे एनीगदेदा ङादेन छ्‌याम ह्रुप तबा सेम पिन्‍ना। थेह्रङ् लसीन पापग्‍याम याङ्बा सजाय म्राङ्सी लोङ्बादेन पाप गे लबा म्‍हिदा सजाय पिन्‍बा सेम खना लला। चु तामग्‍यामसेन एनीगदे तिगै दोष आरेबा म्‍हि हिन्‍ना भिसी था याङ्ला।