2 Corinthians 7:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले त्यो पत्र अन्याय गर्नको लागि लेखेको होइन, नता अन्याय सहन नै लेखेको हो। तर तिमीहरूले परमेश्वरका अघि हामीलाई कति माया गर्यौ, त्यही देखाउन मैले लेखेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारणले लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामीप्रति तिमीहरूको उत्साह कस्तो छ, सो तिमीहरूलाई थाहा होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले तिमीहरूलाई त्यो पत्र लेखेको भए तापनि तिमीहरूले खराबी वा अत्याचार गर्यौ भनेर लेखा लिने जस्तो गरी होइन, न त दोष लगाइएकोलाई झैँ, बरु हामीप्रति तिमीहरूको उत्साह कस्तो छ भनी परमेश्वरको सामु आफूले देख्न सक भनेर हो।
Nepali ERV (पवित्र बाइबल)
त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिटठी तिमीहरूलाई लेखिएको हो।
Nepali Tamang 2011
ङाइ थे चिठी दुख पिन्बा अथवा दुख याङ्बा म्हिला लागिरी भ्रिबा आहिन। तर परमेश्वरला ङाच्छा एनीगदेसे ङन्दा गाते ढन्बा मुला भिबा ताम था याङ्बाला लागिरीन ङाइ भ्रिबा हिन्ना।