2 Corinthians 7:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई दोष्याउन यसो भनेको होइन। हाम्रो हृदयमा तिमीहरू प्यारा छौ। हामी मरे पनि, बाँचे पनि सँगै रहनेछौं भनी मैले पहिले नै भनेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइनँ, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रा हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ, कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्न तयार छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई दोष लगाउनलाई यो भनेको होइन; मैले पहिल्यै भनेको छु, हाम्रा हृदयमा तिमीहरूको यस्तो स्थान छ, हामी तिमीहरूसितै बाँच्न अथवा मर्न तयार पनि छौँ।
Nepali ERV (पवित्र बाइबल)
मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसंगै मिलेका छौं,
Nepali Tamang 2011
चु ताम ङाइ एनीगदेदा दोष लबारी पाङ्बा आहिन। तिग्दा भिसम एनीगदे ङन्ना सेमरी मुला भिबा ताम ङाइ एनीगदेदा ङाच्छान पाङ्सी जिन्बा मुला। ङनी एनीगदेदेन छ्यामनोन सितोःसै सोतोःसै तयार मुला।