2 Corinthians 7:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो पत्रले तिमीहरूलाई कष्ट भयो नै होला, भए पनि मेरो मनमा पश्चात्ताप छैन। म जान्दछु, त्यो पत्रले केही बेरलाई भए पनि तिमीहरूको मनमा पीर पर्यो। यो जानेर मलाई पश्चात्ताप भए तापनि अब म खुसी छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिनँ, हुन त मलाई पछितो भएकै थियो। मलाई थाहा भयो, कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो पत्रद्वारा तिमीहरूलाई दुःखित पारेको भए तापनि म पछुतो मान्दिनँ। मलाई पछुतो भए तापनि मेरो पत्रले तिमीहरूलाई केही क्षण मात्र चोट पुर्याएको देख्छु,
Nepali ERV (पवित्र बाइबल)
मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखित छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो।
Nepali Tamang 2011
ङाइ भ्रिबा चिठीग्याम एनीगदेदा सुर्दा तजी भिसी ङाइ दुख म्हन्बा आरे, हिन्बाम ङाच्छा ङादाएनोन सुर्दा तबा मुबा। थे चिठीसे एनीगदेदा छिन्नङला लागिरी जे तसैनोन सुर्दा तना लजी भिबा ताम ङाइ था याङ्जी।