2 Corinthians 7:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई कष्‍ट पर्‍यो भनेर होइन तर यसले तिमीहरूलाई सुधार्‍यो भनेर खुसी लागेको हो। परमेश्‍वरलाई सम्‍झेर शोक गर्‍यौ। त्‍यसो हुँदा हामीबाट तिमीहरूलाई कुनै हानि भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्‍वरीय शोकको अनुभव गर्‍यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्‍सानी सहनुपरेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्‍वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन।
Nepali ERV (पवित्र बाइबल)
अनि अहिले म र्हषित छु। तिमीहरूलाई खिन्न बनाएर म र्हषित भएको होइन। तर म यसकारणले र्हषित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याईनौं।
Nepali Tamang 2011
एनीगदेदा सुर्दा तजी भिसी ङा ताङ्‍बा आहिन, तर थे सुर्दाग्‍याम एनीगदेसे ह्राङसे लबा आज्‍यबा गेगदे ख्‍लासी परमेश्‍वरपट्टि दोःजी भिसी ताङ्‍बा हिन्‍ना। तिग्‍दा भिसम ङनीग्‍याम एनीगदेदा तिगै सुर्दा थातगै भिसी एनीगदेसे परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छारला दुख नाजी।