2 Corinthians 8:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पोहोर थालेको काम पूरा गर भनी म तिमीहरूलाई सल्‍लाह दिन्‍छु। तिमीहरू काम गर्न मात्र होइन तर काम गर्ने इच्‍छामा पनि सबैभन्दा अघि भयौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यस विषयमा चाहिँ मेरो सल्‍लाह यही छ— एक वर्षअघि जुन दिने काम तिमीहरूले सुरु गरेका मात्र होइन, तर त्‍यो गर्ने उत्‍कट इच्‍छा पनि गरेका थियौ, त्‍यसलाई अब पूरा गर्नु तिमीहरूका निम्‍ति असल हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूका लागि के कुराचाहिँ उत्तम होला भनेर यस विषयमा मेरो सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिने कुरामा मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम थियौ।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यस विषयमा मैले मेरो राय दिएँ अनि यो मैले भनें किनभने म विश्वास गर्छु कि यो तिमीहरूको लागि राम्रो हो। पोहोर साल दान दिन इच्छा गर्नेहरूमा तिमीहरू प्रथम थियौ। साँच्चै नै तिमीहरू दान दिनमा प्रथम थियौ। साच्चै नै दान दिन मा प्रथम थियौ।
Nepali Tamang 2011
एनीगदेला लागिरी ज्‍यबा तगै भिबा ङाला चु सल्‍लाह मुला। तिग्‍युङमा एनीगदेसे पिन्‍बा गे शुरु लबा जे आहिन, तर थे गे लबारीनोन ल्‍हानान सेम लबा मुबा।