2 Corinthians 8:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस बेला तिमीहरूसँग मनग्गे छ र नहुनेहरूलाई तिमीहरूले दिनु राम्रै हो। पछि तिमीहरूलाई नपुग्दो हुँदा पनि उनीहरूले मद्दत गर्नेछन्। यसो हुँदा दुवैले आपसमा मद्दत गर्न सक्नेछन् र सबै बराबर हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस्, र तिनीहरूको प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ,
Nepali ERV (पवित्र बाइबल)
यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कूराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्।
Nepali Tamang 2011
दान्दे एनीगदेदेन छ्याम ल्हानान मुबा स्हेग्याम आरेबागदेदा पिन्गो। ओच्छे लिच्छा थेनीगदेदेन छ्याम ल्हानान तबा धुइरी एनीगदेदा खाँचो तमा थेनीगदेसेनोन एनीगदेदा पिन्ना। थेह्रङ् लजी भिसम जम्मान च्योच्यो तला।