2 Corinthians 8:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेमसित दिइने दान उठाउने काममा हामीसँगै हिंड्डुल गर्न यस भाइलाई मण्डलीहरूले छानेका हुन्। यो काम हामीले प्रभुको आदरको लागि अरूहरूलाई मद्दत गर्ने फिक्री हामीमा छ भनी देखाउन गरेका हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्ति र हाम्रो सद्भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्डलीद्वारा तिनी नियुक्त भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति मात्र होइन, तर हामीले भेटी लिएर जाँदा उनी हामीसित जाऊन् भनी मण्डलीहरूले उनलाई नियुक्त गरेका छन् जुन हामीले प्रभुको सम्मान गर्न र हाम्रो सहायता दिने उत्सुकतालाई प्रकट गरेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले यस्तो दान लिएर हिडदा यी भाइ हामीसित हिंडन मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।
Nepali Tamang 2011
चुदे जे आहिन, मण्डलीसे ह्रुप लबा भेटी यरूशलेमरी भोर्बा धुइरी चु आलेदा ङन्देन छ्यामनोन निगै भिसी धम्बा मुला। चु ज्यबा गे ङन्से प्रभुला मानदेन जयजयकार लबाला लागिरी ओच्छे आरेबागदेदा ह्रो लबा सेम ङन्दा मुला भिसी उन्बाला लागिरी लबा हिन्ना।