2 Corinthians 8:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसकारण अर्को भाइलाई पनि पहिले भनेको भाइ र तीतससँग पठाउँदै छौं। हामीले यस भाइलाई धेरै पटक जाँच्यौं र जहिले पनि हामीहरूले उनलाई काम गर्नमा जोशिलो पायौं, त्यसमाथि पनि अहिले उनको तिमीहरूमाथि ठूलो भरोसा रहेछ र झन् सघाउन उत्सुक छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौं, जसलाई हामीले धेरै पल्ट जाँचेर धेरै कुरामा जोशिला भेट्टाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढ़ी जोशिला भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक हामी तिनीहरूसित हाम्रा अर्को भाइलाई पठाउँदैछौँ, जसले उनी जोशिला छन् भन्ने धेरै किसिमले हामीलाई प्रमाणित गरिसकेका छन्; अनि अझ बढी तिमीहरूप्रति उनको ठूलो भरोसा छ।
Nepali ERV (पवित्र बाइबल)
अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैं अघि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौ पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धेरै सहयाता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।
Nepali Tamang 2011
थेनीगदेदेन छ्यामनोन ङन्से स्य्हान्दो आले गिकदाएनोन एनीगदे मुबा ग्लारी पुइखबान मुला। ङन्से ल्हानान रेम च्यामा थे प्रभुला गे लबारी ल्हानान झन्बा म्राङ्जी। ओच्छे थेसे एनीगदेथोरी भर लबासे लमा थेसे झन ल्हानान गे लबारी आँट याङ्बा मुला।