2 Corinthians 8:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले सोच्दै नसोचेको कुरो तिनीहरूले गरे। पहिले उनीहरूले आफैंलाई प्रभुकहाँ चढाए अनि परमेश्वरको इच्छामा काम गर्न आफैंलाई हाम्रा हातमा सुम्पिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ।
Nepali Tamang 2011
थेनीगदेसे ङन्से म्हन्नोन आम्हन्बा ताम लजी। जम्मान भन्दा ङाच्छा थेनीगदेसे ह्राङ ह्राङदा प्रभुला छ्यारी जिम्मा पिन्जी, ओच्छे परमेश्वरसे म्हन्बा अन्छारला गे लबाला लागिरी एनीगदेसे ह्राङसे ह्राङदान ङन्ना यारी जिम्मा पिन्जी।