2 Corinthians 8:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीतसले तिमीहरूका बीचमा यो दान उठाउने काम सुरु गरेकाले त्यो पूरा गरून् भनी हामीले उनलाई पठायौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तीतसले पहिलेबाट नै दान उठाउने काम थालेका हुनाले तिमीहरूको भेटी सङ्कलनको काम पूरा गरून् भनी हामीले तिनलाई आग्रह गर्यौँ।
Nepali ERV (पवित्र बाइबल)
यसैले यो विशेष पूनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्यौ। तितस नै एकजना हुन् जसले यो काम शुरू गरे।
Nepali Tamang 2011
थे भेटी ह्रुप्बा ज्यबा गे ङाच्छा तीतससेन शुरु लजी। थेतबासेलमा एनीगदेला गुङरीनोन थे गे पूरा लबाला लागिरी एनीगदेदा ह्रो लउ भिसी ङन्से थेदान बिन्ती लजी।