2 Corinthians 8:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू विश्‍वासमा, शिक्षामा, ज्ञानमा, अरूको ख्‍याल गर्नमा र हाम्रो माया गर्न सबै कुरामा धनी छौ। यसै गरी यो प्रेमले दिने सेवा पनि पूरा गर्ने गर भनी हामी इच्‍छा गर्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात्‌ विश्‍वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्‍यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्‍त होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौ।
Nepali Tamang 2011
तर एनीगदे विश्‍वास लबारी, पाङ्‌बारी, ज्ञान बुद्धिरी, जम्‍मान तामरी आँट पिन्‍बारीदेन ङन्‍दा माया लबा चु जम्‍मान ताम एनीगदेसे ज्‍यना लसी लबान मुला। थेह्रङ् लसीन पिन्‍बा गेएनोन एनीगदेसे ल्‍हानान लबान निउ।