2 Corinthians 9:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले ख्रीष्टको सुसमाचारप्रति तिमीहरूको भक्ति र खुल्ला मनले दिने तिमीहरूको सेवा देखेर परमेश्वरलाई आदर दिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेवाको यस जाँचअन्तर्गत तिमीहरूले ख्रीष्टको सुसमाचार स्वीकार गर्ने आफ्नो भावना आज्ञाकारिताद्वारा तथा तिनीहरू र अरू सबैका निम्ति तिमीहरूले उदार-चित्तले दिएको भेटीद्वारा परमेश्वरको महिमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन्; किनभने तिमीहरू ख्रीष्टको सुसमाचारप्रति आज्ञाकारी भयौ; अनि तिमीहरूले तिनीहरू र सबैप्रति आफ्नो उदारता देखायौ।
Nepali ERV (पवित्र बाइबल)
यो सेवा जुन तिमी गरिरहेकाछौ त्यो तिम्रो विश्वाशको प्रमाण हो। यसकै कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछ। तिमीहरूले परमेश्वरको प्रशंसा गर्छन् किन कि तिमीहरू ख्रीष्टको सुसमाचारलाई मान्छौ-जुन समाचारलाई तिमीहरू विश्वास गर्छौं भन्छौ। मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन् किन कि तिमीहरू मुक्तभावले तिनीहरूसित र सबैसित मिल्दछौ।
Nepali Tamang 2011
एनीगदेसे लबा थे ज्यबा गेग्याम एनीगदेसे ह्राङ खाह्रङ्बा म्हि हिन्ना भिसी उन्बा मुला। एनीगदेसे ख्रीष्टला थार्बा पिन्बा समाचारदा विश्वास लसी कुल्बा ताम ङ्यान्बासे लमा, एनीगदेसे ह्राङदेन छ्याम मुबा स्हेगदे सेमहेन्सेन ताङ्सी थेनीगदेदेन स्य्हान्दोदा पिन्बा ताम म्राङ्बासे लमा म्हिगदेसे परमेश्वरला मानदेन जयजयकार लला।