2 Corinthians 9:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमा सेवा गर्ने कत्रो इच्छा छ, मलाई थाहा छ। तिमीहरूका बारेमा मैले माकेडोनियाका मानिसहरूलाई पनि घमण्ड गरेर भनें। पोहोरदेखि नै अखैयामा हुने तिमीहरू दिनलाई तयार थियौ भनेर उनीहरूलाई सुनाए। तिमीहरूकै जोशले गर्दा तिनीहरूमा धेरैजसो अब जोशिलो भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने म तिमीहरूको तत्परता जान्दछु। यसको विषयमा माकेडोनियाका मानिसहरूका सामुन्ने तिमीहरूको गर्व गर्दै मैले भनेथें, कि पोहोर सालदेखि अखैया तयारी भइरहेको छ। तिमीहरूको जोशले तिनीहरूमध्ये धेरैजसोलाई उत्तेजित पारेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मदत गर्न तिमीहरूको उत्सुकता म जान्दछु। एक वर्ष अगिदेखि अखैयाको मण्डली दिनलाई तयार छ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै जना जोशिला भएका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरदेखि नै दान दिनु तयार थियौ भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धेरै अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्।
Nepali Tamang 2011
तिग्दा भिसम एनीगदे सदन स्य्हान्दोदा ह्रो लबारी तयार मुला भिबा ताम ङादा था मुला। एनीगदे अखैया अञ्चलरी मुबागदे तिग्युङमाहेन्सेन स्य्हान्दोदा ह्रो लबारी तयार तबासे लमा ङा ताङ्बा ताम माकेडोनिया अञ्चलला म्हिगदेदा पाङ्बा मुबा। चु ताम थेःसी माकेडोनियाला ल्हानान म्हिसे स्य्हान्दोदा ह्रो लबा आँट याङ्जी।