2 Corinthians 9:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले यी भाइहरूलाई मैले पठाएको छु, तिमीहरूका बारेमा हामीले गरेको घमण्ड मैले भनेजस्तै होस् र खोक्रो नहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस विषयमा तिमीहरूका लागि हामीले गर्व गरेको व्यर्थ नहोस्, र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यस विषयमा तिमीहरूमाथि हामीले गरेको गर्व खोक्रो नहोस्, तर तिमीहरू मैले भनेझैँ तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु।
Nepali ERV (पवित्र बाइबल)
तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदैछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौ यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस।
Nepali Tamang 2011
तर ङनी एनीगदेला जुन गेला बारेरी थेःसी ताङ्बा मुला। थे ताङ्बा ताम खेरोरी थानिगै भिसी ङाइ आलेगदेदा पाङ्बा अन्छार एनीगदे भेटी पिन्बारी तयार तसी चिउ। ङाइ आलेगदेदा एनीगदे मुबा ग्लारी पुइखबान मुला।