2 Corinthians 9:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले यति ठूलो भरोसा तिमीहरूमा राखेका छौं, तर माकेडोनियाका मानिसहरू मसँगै आए भने र तिमीहरूले दिन सकेनौ भने हामीलाई कत्रो लाज हुनेछ। तिमीहरू पनि लाजमा पर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कोही माकेडोनियाकाहरू मसँग आए र तिमीहरूलाई तयार भेट्टाएनन् भने हामी शर्ममा पर्नेछौं, र तिमीहरूलाई पनि कम्ती शर्म हुँदैन, किनभने हामीले तिमीहरूमाथि ठूलो भरोसा राखेका थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा मदत गर्न तिमीहरू तयार भएको भेटेनन् भने तिमीहरू मात्र होइन, तर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी पनि शर्ममा पर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौ।
Nepali Tamang 2011
चुदे माकेडोनिया अञ्चलला खालै म्हि ङादेन छ्याम खबा धुइरी एनीगदे तयार आरेबा स्याप्जी भिसम ङनी पेःतोःला। ओच्छे एनीगदेएनोन ल्हानान पेःतोःला। तिग्दा भिसम ङन्से एनीगदेथोरी ल्हानान भर लबा मुला।