2 Corinthians 9:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण म आउनुअघि नै यी भाइहरूलाई तिमीहरूकहाँ पठाउन राम्रो सम्‍झें। त्‍यसो हुँदा तिमीहरूले दिन्‍छु भनेको दान उठाएर ठीक पारिराख्‍नेछौ अनि यो करको दान नभई खुसीको दान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको प्रबन्‍ध अघिबाटै मिलाउनका निम्‍ति मभन्‍दा अघि भाइहरूलाई तिमीहरूकहाँ पठाउन मैले आवश्‍यक ठानें। यसैले यो भेटी करकापले होइन, तर राजीखुशीले दिइएको भेटीको रूपमा तयार होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यी भाइहरूलाई अगिबाट नै तिमीहरूकहाँ जान प्रोत्साहन दिन र तिमीहरूले उदारसाथ दिन्छु भनी प्रतिज्ञा गरेको दानको प्रबन्ध गर भन्‍न मलाई आवश्यक लाग्यो, ताकि त्योचाहिँ चित्त दुःखाउँदै नहोस्, तर उदारपूर्ण रूपमा दिएको दान होस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे पिन्‍ना भिसी कबुल लबा भेटी ङा खबा भन्‍दा ङाच्‍छान ढिक्‍ना लबाला लागिरी ङाइ आलेगदेदा एनीगदे मुबा ग्‍लारी पुइखबान ज्‍यबा तला भिसी म्‍हन्‍जी। ओच्‍छे चु भेटी खालैला करकापसे आहिन, तर ह्राङलान सेमग्‍याम पिन्‍बा भेटी तगै।