2 Corinthians 9:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसलाई जति दिन मन लाग्‍छ, त्‍यति नै देओ। चित्त दुखाउँदै कसैको करमा परेर नदेओ किनभने परमेश्‍वरले त खुसीले दिनेलाई नै मन पराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ
Nepali Tamang 2011
ओच्‍छे जम्‍मान म्‍हिसे ह्राङला सेमसे म्‍हन्‍बा अन्‍छार पिन्‍गो। पिन्‍गे आम्‍हन्‍सम खालैला करकापरी तसी थापिन्‍गो। तिग्‍दा भिसम सेमहेन्‍सेन ताङ्सी पिन्‍बा म्‍हिदा परमेश्‍वरसे माया लमुला।