2 John 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘येशू ख्रीष्‍ट मानिसकै शरीरमा आउनुभएको होइन’ भनेर धेरै भर्माउनेहरू संसारमा चारैतिर पसेका छन्। यस्‍ता मानिसहरू भर्माउने र ख्रीष्‍ट विरोधी हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्दैनन्‌। यस्‍तो व्‍यक्ति नै छली र ख्रीष्‍ट विरोधी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्‍ट विरोधी हो।
Nepali ERV (पवित्र बाइबल)
यो संसारमा अनेकौं झूटो शिक्षकहरु छन्। यी झूटो शिक्षकहरुले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ उ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो।
Nepali Tamang 2011
तिग्‍दा भिसम म्‍हिगदेदा फसब लबा म्‍हिगदे जम्‍बुलिङला जम्‍मान ग्‍लारी खसी जिन्‍बा मुला। थे म्‍हिगदे चा येशू ख्रीष्‍ट जम्‍बुलिङरी म्‍हिला रुपरी फेप्‍खबा हिन्‍ना भिसी विश्‍वास आलबा म्‍हिगदे हिन्‍ना। चुगदे चा छल लबादेन ख्रीष्‍टदा बिरोध लबा म्‍हिगदे हिन्‍ना।