2 Kings 1:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एक चोटि राजाले एक जना अधिकृतलाई पचास जना सिपाहीसहित पठाए। तिनी डाँडामा गए र एलियाको अघि घुँडा टेकी यसरी बिन्‍ती गरे, “हे परमेश्‍वरको जन! म र मेरा मानिसहरूमाथि कृपा गर्नुहोस्! हाम्रो ज्‍यानको रक्षा गर्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले एक जना तेस्रा कप्‍तानलाई तिनका पचास मानिसहरूसँग पठाए। यी तेस्रा कप्‍तान एलियाकहाँ उक्‍लेर गए र तिनको सामुन्‍ने घुँड़ा टेकेर तिनलाई बिन्‍ती गरे, “हे परमेश्‍वरका जन, मेरो जीवन र तपाईंका यी दासहरूका जीवनप्रति निगाह राख्‍नुहोस्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राजाले फेरि एक जना तेस्रो सेनापतिलाई तिनका पचास जना सेनासित पठाए। ती तेस्रो सेनापति माथि गए, र एलियाको सामु घुँडा टेके। अनि बिन्ती गरेर भने, “हे परमेश्‍वरका जन, हामी तपाईंका सेवकहरू हौँ। म र यी पचास जना मानिसहरूको प्राणको रक्षा गरिदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रा कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु।