2 Kings 1:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले एलियाद्वारा भन्नुभएअनुसार अहज्याह मरे। अहज्याहका छोरा थिएन। यसकारण तिनका भाइ योराम राजा भए। यहूदाका राजा यहोशापातको छोरो यहोरामको शासनकालको दोस्रो वर्षमा योराम राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलियाले भनेको परमप्रभुको वचनअनुसार तिनी मरे। तिनका छोरा नभएको कारण यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योराम तिनीपछि राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एलियाले बोलेका याहवेहको वचनअनुसार तिनको मृत्यु भयो। अहज्याहका कुनै छोरा नभएकोले तिनीपछि तिनका भाइ योराम राजा भए। यहूदाका राजा यहोशापातका छोरा यहोरामको शासनकालको दोस्रो वर्षमा यो भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो वर्षमा शासन गर्न शुरू गरे।