2 Kings 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरियाको आफ्‍नो राजमहलमा कौसीको बार्दलीबाट इस्राएलका राजा अहज्‍याह लडे र उनलाई चोट लाग्‍यो। यसकारण आफ्‍नो चोट निको हुन्‍छ कि हुँदैन भन्‍ने जान्‍न उनले केही दूतहरू पलिश्‍ती सहर एक्रोनको देवता बाल-जिबबकहाँ सोध्‍न पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब अहज्‍याह सामरियामा माथिल्‍लो कोठाको आँखीझ्‍यालबाट तल खसेका थिए, र तिनलाई चोट लाग्‍यो। यसैले तिनले समाचारवाहकहरूलाई यसो भनी पठाए, “गएर एक्रोनको देवता बाल-जिबबसित सल्‍लाह लेओ, कि म यस चोटबाट निको हुन्‍छु कि हुन्‍नँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन इस्राएलका नयाँ राजा अहज्याह सामरियामा आफ्नो महलको माथिल्‍लो कोठाको आँखीझ्यालबाट खसे, र तिनी घाइते भए। यसकारण तिनले दूतहरूलाई यसो भनेर पठाए, “एक्रोनको देवता बाल-जेबुबकहाँ जाओ। म आफ्नो चोटबाट निको हुन्छु कि हुदिनँ भनेर सोध।”
Nepali ERV (पवित्र बाइबल)
एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरूकहाँ जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।”