2 Kings 1:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उत्तर दिए, “बाटोमा हामीलाई एक जना मानिसले भेटे र फर्केर आई तपाईंलाई परमप्रभुको यो सन्‍देश दिनू भने, ‘एक्रोनको देवता बाल-जिबबको सल्‍लाह लिन किन दूतहरू पठाउँदै छौ? के तिमी सोच्‍दछौ कि इस्राएलमा परमेश्‍वर हुनुहुन्‍न? तिम्रो चोट निको हुनेछैन। तिमी मर्नेछौ’!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “एक जना मानिस हामीलाई भेट्न आए, र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ गएर तिनलाई भन्‍नू, “याहवेह यसो भन्‍नुहुन्छ: के इस्राएलमा परमेश्‍वर हुनुहुन्‍न र तैँले एक्रोनको देवता बाल-जेबुबसित सल्‍लाह लिन भनी मानिसहरू पठाउँदैछस्? यसकारण तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!” ’ ”
Nepali ERV (पवित्र बाइबल)
दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूबसमक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”‘