2 Kings 1:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उनले पचास जना सिपाही साथ लाएर एक जना अधिकृतलाई एलियालाई ल्याउन पठाए। तिनलाई एउटा डाँडामा बसिरहेका भेटेर अधिकृतले भने, “हे परमेश्वरका जन! राजाकहाँ आउन तपाईंलाई राजाले आज्ञा गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले एक जना कप्तान तिनका पचास जना मानिसको दलसहित एलियाकहाँ पठाए। ती कप्तान उक्लेर एलियाकहाँ गए, जो डाँड़ाको टाकुरामा बसिरहेका थिए, र तिनलाई भने, “हे परमेश्वरका जन, राजाले तपाईंलाई भन्नुहुन्छ, ‘ओर्लेर आउनुहोस्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले एलियाकहाँ एक जना सेनापतिलाई तिनका पचास जना सेनाहरूसित पठाए। ती सेनापति डाँडाको टुप्पामा बसिरहेका एलियाकहाँ गएर भने, “हे परमेश्वरका जन, राजाले तपाईंलाई भन्नुभएको छ, ‘तल आउनुहोस्!’ ”
Nepali ERV (पवित्र बाइबल)
अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।”‘