2 Kings 10:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येहू त्यहाँबाट हिंडे र बाटोमा रेकाबको छोरो यहोनादाबले उनलाई भेटे। येहूले उनलाई अभिवादन गरेर भने, “के हाम्रो मन एउटै छ? तिमी कोपट्टि छौ?” “म तपाईंपट्टि छु,” यहोनादाबले जवाफ दिए। येहूले भने, “त्यसो भए मलाई तिम्रो हात देऊ।” ती दुईले हात मिलाए र येहूले यसो भन्दै उनलाई रथमा चढाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यो ठाउँ छोड़ेपछि, रेकाबका छोरा यहोनादाब तिनलाई भेट गर्नलाई आइरहेका तिनले भेटे। येहूले उनलाई अभिवादन गरेर भने, “म तिमीतर्फ भएझैँ के तिमी मतर्फ छौ?” यहोनादाबले भने, “म छु।” येहूले भने, “त्यसो भए, मलाई आफ्नो हात देऊ।” उनले त्यसै गरे, र येहूले उनलाई समातेर आफ्नो रथमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येहूले त्यो ठाउँ छोडे, तब तिनी रेकाबका छोरा योनादाबकहाँ आए, जो तिनलाई नै भेट्न आइरहेका थिए। येहूले तिनलाई अभिवादन गरेर भने, “म तपाईंप्रति असल भएझैँ, के तपाईं पनि मसँग असल हुनुहुन्छ?” यहोनादाबले जवाफ दिए, “हजुर, म छु।” येहूले भने, “त्यसो भए मलाई तपाईंको हात दिनुहोस्।” तिनले त्यसै गरे, र येहूले तिनलाई रथ चढ्नमा सहायता दिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँबाट गएपछि येहूले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहूसँग भेट गर्न आउँदै थिए। येहूले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र होऊ?” यहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हुँ।” येहूले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।” तब येहू बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।