2 Kings 10:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ पुगेर येहूले आहाबका सबै कुटुम्बलाई एउटै पनि नछोडी मारे। यस्तै हुनेछ भनी परमप्रभुले एलियालाई भन्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब येहू सामरिया आइपुगे, तब एलियालाई परमप्रभुले भन्नुभएको वचनअनुसार आहाबको परिवारका बाँकी रहेका सबैलाई तिनले सर्वनाश गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहू सामरियामा आएपछि तिनले त्यहाँ आहाबका परिवारमा छोडिएकाहरू सबैलाई मारे। तिनले तिनीहरूलाई एलियाद्वारा बोलिएका याहवेहको वचनअनुसार नाश गरे।
Nepali ERV (पवित्र बाइबल)
येहू सामरिया आए अनि आहाबका सबै आफन्तहरूको हत्या गरे जो अझसम्म सामरियामा जिउँदै थिए। येहूले तिनीहरू सबैको हत्या गरे। येहूले ती कार्यहरू गरे जो परमप्रभुले एलियाहलाई भन्नुभएको थियो।