2 Kings 10:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येहूले पूजाका जिम्मेवारलाई वस्त्रहरू ल्याएर ती भक्तहरूलाई दिने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येहूले वस्त्र-भण्डारको अधिकारीलाई भने, “बालका सबै सेवकहरूका निम्ति वस्त्रहरू ल्याऊ।” तब त्यसले उनीहरूका निम्ति वस्त्रहरू निकाल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येहूले वस्त्र-भण्डारको रखवालालाई भने, “बालका सबै सेवकहरूका निम्ति वस्त्र ल्याऊ।” यसकारण त्यसले तिनीहरूका निम्ति वस्त्रहरू ल्याइदिए।
Nepali ERV (पवित्र बाइबल)
येहूले भन्डारेलाई भने, “बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्याऊ।” यसकारण त्यस मानिसले बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्यायो।