2 Kings 10:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येहू रेकाबका छोरा यहोनादाबसँग नै मन्‍दिरमा गए र मानिसहरूलाई भने, “बाललाई पुज्‍नेहरू मात्र यहाँ छन्, परमप्रभुका भक्तहरू यहाँ पसेका छैनन् भनी ठीकसित हेर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येहू र रेकाबका छोरा यहोनादाब बालको मन्‍दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यो निश्‍चय गर कि तिमीहरूसँग यहाँ परमप्रभुका कुनै पनि दासहरू नहोऊन्‌— बालका सेवकहरू मात्रै।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येहू र रेकाबका छोरा योनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यहाँ तिमीहरूसित याहवेहका सेवकहरू एउटै पनि छैनन् भनी निश्‍चय गर। यहाँ केवल बालका सेवकहरू मात्र होऊन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।”