2 Kings 10:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बलिदान चढाउनेबित्तिकै येहूले पहरादार र अधिकृतहरूलाई भने, “भित्र गएर तिनीहरू सबैलाई मार, कसैलाई उम्किन नदेओ!” तिनीहरू म्यानबाट तरवार झिकी भित्र पसे र तिनीहरू सबैलाई मारेर तिनका लाश बाहिर निकाले। त्यसपछि तिनीहरू मन्दिरका भित्री कोठामा पसे र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येहूले होमबलि चढ़ाइसक्ने बित्तिकै तिनले पहरादारहरू र अधिकृतहरूलाई यसो भनेर हुकुम दिए, “गएर उनीहरू सबैलाई मार, एउटैलाई पनि उम्कन नदेओ।” यसैले पहरादारहरू र अधिकृतहरूले उनीहरूलाई तरवारले काटेर मारे, र ती लाशहरू बाहिर फालिदिए, र मन्दिरको भित्री थानमा पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहूले होमबलि चढाउनेबित्तिकै पहरेदारहरू र अधिकारीहरूलाई यसो भनेर हुकुम दिए, “भित्र पसेर तिनीहरूलाई मार; कोही पनि उम्कन नपाओस्।” यसकारण तिनीहरूले उनीहरूलाई तरवारले मारे। पहरेदारहरू र अधिकारीहरूले ती लासहरू बाहिर फ्याँकिदिए, र बालको मन्दिरको भित्री भागमा पसे।
Nepali ERV (पवित्र बाइबल)
येहूले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।” यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फ्याँके। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए।