2 Kings 10:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु इस्राएलको परमेश्‍वरका नियम येहूले सम्‍पूर्ण हृदयले पालन गरेनन् बरु उनले इस्राएललाई पाप गर्न लाउने यारोबामका पापहरू त्‍यागेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरै पनि आफ्‍नो पूरा मनले परमप्रभु इस्राएलका परमेश्‍वरको व्‍यवस्‍था पालन गर्न येहू होशियार भएनन्‌। इस्राएललाई गर्न लाएका यारोबामका पापहरूबाट तिनी फर्केनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि येहूले याहवेह इस्राएलका परमेश्‍वरको व्यवस्था सम्पूर्ण हृदयले पालन गर्नमा होसियार रहेनन्। तिनी यारोबामले इस्राएललाई गर्न लगाएका पापहरूबाट पछि हटेनन्।
Nepali ERV (पवित्र बाइबल)
तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो।