2 Kings 10:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्दनको पूर्वपट्टिका सारा इस्राएली भूमि जिते, जो दक्षिणमा अर्नोन नदीको किनारका अरोएर सहरसम्म पुग्दथ्यो। यसरी अरामले लिएको इलाकाभित्र गाद, रूबेन र पूर्व मनश्शेका कुलहरूले बास गरेका गिलाद र बाशान पनि पर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्दन नदीको पूर्वतिर गिलादका सबै देश (गाद, रूबेन र मनश्शेको देश) अर्नोन खोलानेरको अरोएरदेखि गिलाद भएर बाशानसम्मै हजाएलले इस्राएलीहरूलाई परास्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्दनको पूर्वपट्टिका गिलादको सम्पूर्ण देशमा (जुन गाद, रूबेन र मनश्शेका प्रान्त थिए), अर्नोनको साँघुरो खोँचमा भएको अरोएरदेखि गिलाद हुँदै बाशानसम्मै जिते।
Nepali ERV (पवित्र बाइबल)
हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, रूबेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते। येहूको मृत्यु