2 Kings 10:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरियाका शासकहरू डराए। तिनीहरूले भने, “हामी कसरी येहूको सामना गर्न सक्छौं? योराम राजा वा अहज्याह राजाले त सकेनन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू भयभीत भएर भने, “दुई जना राजाहरूले त तिनको सामना गर्न सकेनन् भने, हामी कसरी गर्न सक्छौं र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू डराएर भने, “यदि दुई राजाहरू त तिनको अगि टिक्न सकेनन् भने हामी कसरी टिक्न सक्छौँ?”
Nepali ERV (पवित्र बाइबल)
तर यिज्रेलका अगुवाहरू तथा शासकहरू साह्रै डराएका थिए। तिनीहरू भन्थे, “दुई जना राजा (योराम र अहज्याह) ले यहूलाई रोक्न सकेनन्। यसकारण हामी पनि उनलाई रोक्न सक्ने छैनौ।”