2 Kings 10:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येहूको चिठी पाएपछि सामरियाका अगुवाहरूले सत्तरी जना आहाबका सन्तान सबैलाई मारे, उनका टाउकाहरू डोकोमा हाले र यिजरेलमा येहूकहाँ पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्यो पत्र तिनीहरूकहाँ आइपुग्यो, तब तिनीहरूले ती सत्तरी जना राजकुमारहरूलाई लगेर मारे। तिनीहरूले यिनीहरूका टाउकाहरू टोकरीहरूमा हालेर यिजरेलमा येहूकहाँ पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो पत्र आइपुग्दा ती मानिसहरूले ती राजकुमारहरूलाई लगे, र ती सत्तरी जना सबैलाई मारे। तिनीहरूले उनीहरूका शिर टोकरीहरूमा हाले, र यिजरेलमा येहूकहाँ पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
जब शहरका अगुवाहरूले पत्र पाए, तिनीहरूले राजाका छोराहरू जम्मा गरे अनि सबै सत्तरी जना को हत्या गरे। तब अगुवाहरूले राजाका छोराहरूका टाउका डालाहरूमा हाले। तिनीहरूले डालाहरू यिज्रेलमा येहूकहाँ पठाए।