2 Kings 10:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबका सन्तानका टाउकाहरू ल्याइपुर्याएको खबर येहूले पाए। उनले ती टाउकाहरू दुई थुप्रो गरेर सहरको मूल-ढोकामा थाक लाउनू र भोलि बिहानसम्म त्यत्तिकै छोडिराख्नू भनी आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब समाचारवाहक तिनीकहाँ आयो त्यसले येहूलाई भन्यो, “तिनीहरूले राजकुमारहरूका शिरहरू ल्याएका छन्।” येहूले हुकुम दिए, “तब तिनलाई दुई थुप्रा लगाएर बिहानसम्म सहरको मूल ढोकाको सामु राखिदेओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक जना सन्देशवाहक येहूकहाँ आयो, र तिनलाई भन्यो, “तिनीहरूले ती राजकुमारहरूका शिर ल्याएका छन्।” तब येहूले हुकुम दिए, “ती शिरहरूलाई दुई थुप्रा लगाएर बिहानसम्म सहरको मूलढोकाका प्रवेशद्वारमा त्यत्तिकै राख्नू।”
Nepali ERV (पवित्र बाइबल)
दूत येहूकहाँ आयो अनि उनलाई भन्यो, “तिनीहरूले राजाका छोराहरूका टाउकाहरू ल्याए।” तब येहूले भने, “टाउकाहरू शहरको प्रवेशद्वारमा बिहानसम्म दुई थुप्रो बनाएर राख।”