2 Kings 11:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहज्‍याह राजाकी आमा अतल्‍याहले आफ्‍नो छोरोको हत्‍या भएको कुरा सुन्‍नेबित्तिकै राजकीय परिवारका सबै जनालाई मार्न आज्ञा दिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तब सबै राजघरानालाई नष्‍ट पार्न तिनी कारबाही गर्न लागिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, तब उनी सम्पूर्ण राजकीय परिवारलाई नाश गर्न गइन्।
Nepali ERV (पवित्र बाइबल)
अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।