2 Kings 11:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरको आँगनमा अतल्‍याहको हत्‍या भएको यहोयादा चाहँदैनथे। उनले सेनाका अधिकृतहरूलाई आदेश दिए, “पहरेदारका पङ्क्तिका बीचबाट तिनलाई बाहिर लैजाओ र तिनलाई बचाउन खोज्‍नेलाई मार।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयादा पूजाहारीले एक-एक सयको दलका कप्‍तानहरूलाई यसो भनेर हुकुम दिए, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ, र तिनको पछि लाग्‍नेहरू सबैलाई तरवारले मार।” किनकि “तिनी परमप्रभुको मन्‍दिरमा नमारिऊन्‌” भनी पूजाहारीले भनेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोयादाले सय-सय दलमाथिका सेनापतिहरूलाई हुकुम गरे, “तिनलाई सबैको बीचमा बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई तरवारले मारिदेओ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई याहवेहको मन्दिरमा नमार्नू।”
Nepali ERV (पवित्र बाइबल)
यहोयादा पूजाहारीले सेनापतिहरूलाई आदेश दिए, तिनीहरू सैनिकका अधिकारी हुन। यहोयादाले उनीहरूलाई भने, “अतल्याहलाई मन्दिरको इलाकाबाट बाहिर लैजाउ। उनका सबै अनुयाईहरूलाई मार। तर परमप्रभुको मन्दिरभित्र तिनीहरूलाई नमार।”