2 Kings 11:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहज्याहको छोरो योआश मात्र बाँचे। उनी अरूहरूका साथमा मारिन लाग्दा उनकी फुपू यहोशेबाले उनलाई बचाइन्। तिनी यहोराम राजाकी छोरी र अहज्याहकी बहिनी थिइन्। तिनले योआश र तिनकी धाईलाई मन्दिरको एउटा सुत्ने कोठामा लगेर अतल्याहबाट उनलाई लुकाएर राखिन्। त्यसरी उनी बाँचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहोराम राजाकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। तिनले त्यसलाई र त्यसकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा लुकाइराखिन्, र यसरी त्योचाहिँ मारिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राजा यहोरामकी छोरी अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। उनले तिनलाई र तिनकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा राखिन्; यसरी तिनी मारिएनन्।
Nepali ERV (पवित्र बाइबल)
यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसंग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन।