2 Kings 11:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सातौं वर्षमा यहोयादा पूजाहारीले राजकीय अङ्गरक्षक र दरबारका पहरादारका कप्तानहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याए र त्यहाँ आफूले गर्न लागेको उपायसँग तिनीहरूलाई राजी गराएर किरिया खुवाए। अहज्याह राजाको छोरो योआशलाई देखाएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ वर्षमा यहोयादाले एक सयको दलका कप्तानहरू, करीहरू र पहरादारहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याउन पठाए। तिनले तिनीहरूसँग एउटा करार बाँधे, र तिनीहरूलाई परमप्रभुको मन्दिरमा शपथ खान लाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ वर्षमा यहोयादाले सय-सयका दलका सेनापतिहरू, करीहरू र राजकीय अङ्गरक्षकहरू बोलाइपठाए; अनि तिनीहरूलाई याहवेहको भवनमा ल्याए। तिनले उनीहरूसित करार बाँधे, र तिनीहरूलाई याहवेहको भवनमा शपथ खान लगाए। त्यसपछि तिनले उनीहरूलाई राजाका छोरा देखाइदिए।
Nepali ERV (पवित्र बाइबल)
सातौं वर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।