2 Kings 11:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को एक तिहाइले सूर भनिने मूल-ढोकामा पहरा दिनू र बाँकी एक तिहाइ मूल-ढोकामा रहेका पहरादारहरूको पछाडिपट्टि उभिएर बस्नू र पहरा दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक-तिहाइ सूर ढोकामा बस्ने, र मन्दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा बस्ने—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक तिहाइले सूर ढोकामा, र अर्को एक तिहाइले पालैपालो गरी याहवेको भवनको रक्षा गर्ने पहरेदारहरूको पछिल्तिरको ढोकामा।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूमध्ये अर्को एक तिहाइ शूरद्वारमा हुनेछन्। र अर्को एक तिहाइ रक्षकहरू पछिको द्वारको पछाडी हुनेछ। यसप्रकार तिमीहरूले घरको चारैतिर सुरक्षा प्रदान गर्नेछौ।