2 Kings 11:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अधिकृतहरूले यहोयादाका आदेश पालन गरे र विश्रामको दिनमा काममा आउने र कामबाट जाने आफ्‍ना सबै सिपाहीहरूलाई उनीकहाँ ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयादा पूजाहारीले हुकुम गरेबमोजिम नै एक-एक सयको दलका कप्‍तानहरूले गरे। हरेकले आ-आफ्‍ना मानिसहरू लिए— शबाथको काममा खटाइएकाहरू र काम सकेर फुर्सत पाएकाहरू दुवै— यहोयादा पूजाहारीकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारी यहोयादाले हुकुम गरेझैँ सय-सय दलका कप्‍तानहरूले गरे। प्रत्येकले आ-आफ्ना मानिसलाई लिए; शब्बाथमा काममा खटिएका र काममा नखटिएकालाई लिए, र तिनीहरू पुजारी यहोयादाकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
सेनापतिले सबै आदेशको पालन गरे जो येहोयादा पूजाहारीले आदेश गरेका थिए। प्रत्येक सेनापतिले आफ्ना मानिसहरू लिए। तिनीहरू सबै आए, जो त्यस हप्ता काममा थियो वा काममा थिएन। सबै मानिसहरू पूजाहारी योहोयदा कहाँ गए।