2 Kings 12:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सन्दुकमा धेरै धन भरिएपछि राजकीय अधिकारी र मुख्य पूजाहारी आउँथे र पैसा गनेर थैलामा भर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब-जब तिनीहरूले त्यो सन्दूक धेरै रकमले भरिएको देख्थे, तब राजाका सचिव र प्रधान पूजाहारी आएर परमप्रभुको मन्दिरमा यसरी ल्याएका रुपियाँको हिसाब गरेर थैलाहरूमा हाल्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जहिले-जहिले त्यस बाकसमा धेरै रुपियाँपैसा भएको देख्थे, तब राजकीय सचिव र प्रधान पुजारी आएर याहवेहको भवनमा ल्याइएको रुपियाँपैसा गन्थे, र थैलाहरूमा हाल्थे।
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरूले रूपियाँ सन्दूकमा हाल्न थाले जब तिनीहरू मन्दिर जाने गर्दथे। जहिले राजाका सचिब अनि महा पूजाहारी सन्दूकमा थुप्रै रूपियाँ देख्थे, तिनी आउँथे अनि सन्दूकबाट रूपियाँ निकाल्थे। तिनीहरू रूपियाँ थैलोमा राख्थे अनि गन्ती गर्दथे।