2 Kings 12:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआश राजाले आफ्ना बुबा अहज्याह, बाजे योराम र बराजु यहोशापातले परमप्रभुलाई अर्पण गरेका सबै भेटीहरू लिएर त्यसमा आफ्नै भेटी र मन्दिर र राजमहलका भण्डारमा भएका सबै सुन थपे र ती सबै हजाएल राजालाई उपहार पठाइदिए। त्यसपछि हजाएलले आफ्नो सेना यरूशलेमबाट हटाएर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, योराम र अहज्याहले समर्पण गरेका सबै पवित्र थोकहरू र आफैले समर्पण गरेका उपहारहरू र परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूमा भेट्टाएका सबै सुन लिएर अरामका राजा हजाएलकहाँ पठाइदिए। त्यसपछि उनी यरूशलेमबाट फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदाका राजा येहोआशले तिनका पुर्खा यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याहले अर्पण गरेका सबै पवित्र चीजहरू, साथै तिनी आफूले अर्पण गरेका उपहारहरू, र याहवेहको भवन अनि राजमहलका भण्डारहरूमा पाइएका सबै सुन लिए। अनि ती अरामका राजाकहाँ पठाइदिए। त्यसपछि हजाएल यरूशलेमबाट हटिगए।
Nepali ERV (पवित्र बाइबल)
यहोशापात, यहोराम र अहज्याह यहूदाका राजाहरू भइसकेका थिए। तिनीहरू योआशका पिता-पुर्खाहरू थिए। तिनीहरूले परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। ती चीजहरू मन्दिरमा राखिएका थिए। योआशले पनि परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। योआशले ती सबै चीजहरू सबै सुन लगे जो मन्दिर र उनको घरमा राखिएको थियो। तब योआशले सबै ती बहूमुल्य चीजहरू अरामका राजा हजाएलकहाँ पठाए। तब हजाएलले यरूशलेमलाई आक्रमण गर्न रोके।