2 Kings 12:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] योआश राजाका अधिकृतहरूले उनका विरुद्धमा जाल गरे र तीमध्‍ये दुई जना शिम्‍मतको छोरो योजाबाद र शोमेरको छोरो यहोजाबादले उनलाई मारे। सिल्‍लातिर जाने बाटोमा यरूशलेमको पूर्वपट्टि माटो भरेर अग्‍लो बनाएको भूमिमाथि बनेको घरमा योआशको हत्‍या भयो। उनी दाऊदको सहरमा राजाहरू गाडिने चिहानमा गाडिए अनि उनका छोरा अमस्‍याह राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र गरे, र तिनलाई सिल्‍लाको ओरालो बाटोमा भएको बेथ-मिल्‍लोमा मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र तिनलाई सिल्‍लाको ओरालो बाटोमा भएको बेथ-मिल्‍लोमा मारे।
Nepali ERV (पवित्र बाइबल)
योआशका अधिकारीहरूले उनको विरोधमा योजनाहरू बनाए। तिनीहरूले योआशलाई सिल्लासम्म जाने सडकमाथि मिल्लोको घरमा मारे।