2 Kings 12:4 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआशले पूजाहारीहरूलाई बोलाए र परमप्रभुको मन्‍दिरमा सधैँ तोकिएको भेटी, आफ्‍नो भाकलको भेटी तोकिएको दाम र राजीखुसीले चढाएका सबै धन जम्‍मा गर्ने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्‍दिरमा पवित्र भेटीको रूपमा जनगणनामा जम्‍मा गरेको रकम, व्‍यक्तिगत भाकल गरेको रकम र राजीखुशीसँग मन्‍दिरमा ल्‍याएको रकम जम्‍मा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहोआशले पुजारीहरूलाई भने, “याहवेहको भवनमा पवित्र भेटीको हिसाबले ल्याइएका सबै रकम, गणनामा उठाइएको रकम, व्यक्तिगत भाकलबाट प्राप्‍त भएको रकम र स्वेच्छापूर्वक ल्याइएको रकम, सबै याहवेहको भवनमा जम्मा गर्नू।