2 Kings 12:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण उनले यहोयादा र अरू पूजाहारीहरूलाई बोलाएर सोधे, “तिमीहरू किन मन्‍दिर मरमत गर्दैनौ? अब उसो पाएका पैसा आफैं नराख्‍नू र बुझाइहाल्‍नू र मरमतको काम हुनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण योआश राजाले यहोयादा पूजाहारी र अरू पूजाहारीहरूलाई बोलाएर भने, “तिमीहरूले किन मन्‍दिरका भत्‍केका ठाउँहरू मरम्‍मत गरेका छैनौ? अब उप्रान्‍त तिमीहरूले आफ्‍ना कोषाध्‍यक्षहरूबाट रकम नलिनू, तर मन्‍दिरका मरम्‍मतको निम्‍ति त्‍यो हस्‍तान्‍तरण गर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राजा येहोआशले पुजारी यहोयादा र अरू पुजारीहरूलाई बोलाइपठाए। अनि तिनीहरूलाई सोधे, “तपाईंहरू किन क्षति भएको याहवेहको भवनको मर्मत गर्नुहुन्‍न? तपाईंहरूका कोषाध्यक्षहरूबाट अब रकम नलिनुहोस्, तर त्यसलाई भवनको मरमतका निम्ति प्रयोग गर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजा योआशले पूजाहारी यहोयादा अनि अन्य पूजाहारीहरूलाई बोलाए। योआशले यहोयादा र अरू पूजाहारीहरूलाई भने, “तिमीहरूले मन्दिरको मर्मत गरेका छैनौ? सेवा गरे वापत मानिसहरूबाट धन लिन बन्द गर। त्यो धन मन्दिरको मर्मतमा खर्च हुनु पर्छ।”