2 Kings 12:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयादाले एउटा सन्‍दुक लिएर त्‍यसको ढकनीमा प्‍वाल पारे र परमप्रभुको मन्‍दिरमा पस्‍दा दाहिनेपट्टि पर्ने वेदीको छेउमा राखे। परमप्रभुको मन्‍दिरको ढोकामा सेवा गर्ने पूजाहारीहरूले त्‍यस सन्‍दुकमा भक्तहरूले दिएका पैसा हाल्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयादा पूजाहारीले एउटा सन्‍दूक लिएर त्‍यसको बिर्कोमा प्‍वाल पारे। परमप्रभुको मन्‍दिरमा पस्‍ने ठाउँको दाहिनेतिर वेदीको छेउमा तिनले त्‍यो राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पूजाहारीहरूले परमप्रभुको मन्‍दिरमा ल्‍याएका सबै रकम त्‍यसैमा हालिदिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारी यहोयादाले एउटा बाकस लिए र त्यसको ढकनीमा प्वाल पारे। तिनले त्यसलाई याहवेहको भवनभित्र पस्‍ने ठाउँको दाहिनेपट्टि वेदीको छेउमा राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पुजारीहरूले याहवेहको भवनमा ल्याइएका सबै रकम त्यस बाकसमा हाले।
Nepali ERV (पवित्र बाइबल)
यसकारण पूजाहारी यहोयादाले एउटा सन्दूक ल्याए अनि त्यसको माथि एउटा प्वाल बनाए। त्यसपछि यहोयादाले सन्दूकलाई वेदीको दक्षिणतिर राखे। यो सन्दूक ढोकाको छेऊमा थियो जहाँबाट मानिसहरूले परमप्रभुको मन्दिरमा आउने गर्द थिए। केही पूजाहारीहरूले मन्दिरको द्वारपथको पाले काम गर्दथे। ती पूजाहारीहरूले धन लिने गर्दथे जो मानिसहरू परमप्रभुलाई चढाउने गर्दथे अनि तिनीहरू त्यो धन सन्दूकमा राख्ने गर्दथे।