2 Kings 13:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसमा एलीशा रिसाए र राजालाई भने, “तिमीले पाँच-छ पटक काँडले हिर्काउनुपर्थ्यो र अरामीहरूमाथि पूर्ण विजय पाउनेथियौ; तर अब तिमीले तिनीहरूलाई तीन पटक मात्र हराउनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, “तपाईंले त भूइँमा पाँच-छ पल्ट हान्नुपर्ने थियो। तब पो तपाईंले अरामलाई जित्नुहुनेथियो र त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गर्नुहुनेथियो। तर अब तपाईंले अरामलाई तीन पल्ट मात्र परास्त गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरका जन तिनीसित रिसाएर भने, “तपाईंले भुइँलाई पाँच-छ पल्ट हान्नुपर्ने थियो, तब पो तपाईंले अरामलाई परास्त गरेर त्यसलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेथियो। तर अब तपाईंले त्यसलाई तीन पल्ट मात्र परास्त गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको जन योआशसित रिसाए। उनले भने, “तिमीले पाँच छ पटक प्रहार गर्नु पर्ने थियो। तब तिमी अरामलाई नष्ट नपारूञ्जेल जित्नसक्ने थियौ। तर अब, तिमीले अरामलाई तीन पटकमात्र जित्ने छौ।”