2 Kings 13:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक चोटि इस्राएलीहरू मुर्दा गाड्‍न गएका बेलामा एक दल मोआबीहरू देखा परे र मलामी जानेहरूले लाश एलीशाको चिहानमा फ्‍याँकिराखेर भागे। लाशले एलीशाको हड्डी छुनेबित्तिकै त्‍यो मानिस जिउँदो भयो र ठिङ्ग उभियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक पल्‍ट कति जना इस्राएलीहरूले एउटा लाश गाड्‌दैगर्दा एक्‍कासि तिनीहरूले एक दल लूटपीट गर्नेहरूलाई देखे। यसैले तिनीहरूले त्‍यस लाशलाई एलीशाको चिहानमा त्‍यसै फ्‍याँकिराखेर भागे। जब त्‍यस लाशले एलीशाका हड्डीहरू छोयो, तब त्‍यो मानिस जीवित भएर आफ्‍नो खुट्टामा उभियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक पल्ट इस्राएलीहरूले एक जना मानिसलाई गाडिरहेको बेला अचानक तिनीहरूले लुटपाट गर्नेहरूको एउटा दललाई देखे। यसैले तिनीहरूले त्यस लासलाई एलीशाको चिहानमा त्यसै फ्याँकिदिए। त्यस मानिसको शरीरले एलीशाका हाडहरू छोएपछि त्यो मानिस जीवित भएर खुट्टामा उभियो।
Nepali ERV (पवित्र बाइबल)
केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।